काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न गर्ने भएको छ छ। कम्पनीले भोलि माघ १२ गतेदेखि ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्ने भएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा आईपीओ निष्कासन गर्न लागेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने बताइएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हाल्नेछ। आईपीओ निष्कासनसँगै कम्पनीको सेयर संरचना विस्तार भई पुँजी बजारमा सर्वसाधारणको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।






































