National life

मध्य–भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा तुलसी राम ढकाल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
974Shares
मध्य–भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा तुलसी राम ढकाल नियुक्त
ncell

काठमाडौँ । मध्य–भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको नयाँ अध्यक्षमा तुलसी राम ढकाल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार चिलिमे जलविद्युत कम्पनीको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा आबद्ध नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष ढकाललाई मध्य–भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा चयन गरिएको हो।

यसअघि अध्यक्ष रहेका सुभाष कुमार मिश्रले उमेर हदका कारण नेपाल विद्युत प्राधिकरणबाट अवकाश पाएसँगै अध्यक्ष पद रिक्त रहेको थियो। रिक्त पदमा सञ्चालक समितिका सदस्य ढकाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मध्य–भोटेकोशी जलविद्युत कम्पनी सिन्धुपाल्चोक जिल्लाबासी तथा सर्वसाधारणको उल्लेखनीय सेयर लगानीमा स्थापना भएको १०२ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाबाट वार्षिक करिब ५९ करोड युनिट बिक्रीयोग्य विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।

चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा निर्माण सम्पन्न भएको यो आयोजना सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिन्छ। आयोजनाको बाँध मार्मिङ–९ चाकु क्षेत्रमा रहेको छ भने पावरहाउस जम्बु क्षेत्रमा निर्माण गरिएको छ। आयोजनामा करिब ७.२ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ।

नवनियुक्त अध्यक्ष ढकालले आयोजना सफलतापूर्वक सम्पन्न भइ परीक्षण उत्पादन सुरु भएकै समयमा नेतृत्वको जिम्मेवारी पाएका छन् । मध्य–भोटेकोशी जलविद्युत कम्पनीका नव नियुक्त अध्यक्षले आफूलाई विश्वास गरेर गहन जिम्मेवारी प्रदान गर्ने सञ्चालक समिति, सरोकारवाला आभार व्यक्त गर्दै आगामी दिनमा व्यावसायिक उत्पादनलाई प्रभावकारी बनाउने, सुशासन कायम गर्ने र सेयरधनीको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?