काठमाडौँ। विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा माइतीघरमा प्रदर्शन गरिएको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैंठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेसँगै प्रदर्शन गरिएको हो ।
घिसिङलाई बर्खास्त गर्नु दुखद भएको भन्दै प्रदर्शनकारीले आन्दोलन गरेका हुन् । उनीहरूले घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने भन्दै आन्दोलन गरेका छन् ।
नेपालबाट लोडसेडिङ हटाएकाले अन्य व्यक्ति नियुक्त भएमा पुनः लोडसेडिङ हुनसक्ने आशंका गर्दै उनको पक्षमा प्रदर्शन गरिएको हो।
उनीहरूले माइतीघर देखी बानेश्वरसम्म र्याली गर्न लागेका हुन् । उर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री विरुद्ध नारा लगाउँदै उनीहरूले कुलमानको पक्षमा नाराबाजी गरेका छन् ।
































