काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धिसँगै ३ करोड १४ लाख रुपैयाँ पुगेको छ । जुन ४.९६ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा २ करोड ९९ लाख रुपैयाँ रहेको थियो। कम्पनीका अनुसार, विद्युत बिक्री आम्दानीमा देखिएको सामान्य वृद्धि नै नाफा वृद्धिको मुख्य कारण रहेको जनाएको छ। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२० प्रतिशतले वृद्धि भएको छ भने कुल नाफा १.५१ प्रतिशतले बढेको छ। वित्तीय खर्च भने ०.४६ प्रतिशतले घटेको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको छ।
त्यस्तै, नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेर ८५ पैसा वृद्धि हुँदै १७ रुपैयाँ ९५ पैसा पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रति शेयर नेटवर्थ १०५ रुपैयाँ १ पैसा कायम छ भने मूल्य-आम्दानी अनुपात १७.४३ गुणा रहेको छ।७० करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको जगेडा कोषमा ३ करोड ५० लाख रुपैयाँ सञ्चित रहेको छ।
































