National life

विद्युत् प्राधिकरणको सात सबस्टेसन पूर्ण स्वचालित, सबै ग्रिड डेढ वर्षमै स्मार्ट प्रणालीमा रूपान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१९ मंसिर २०८२, शुक्रबार
523Shares
विद्युत् प्राधिकरणको सात सबस्टेसन पूर्ण स्वचालित, सबै ग्रिड डेढ वर्षमै स्मार्ट प्रणालीमा रूपान्तरण
ncell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका सात पुराना ग्रिड सबस्टेसन पूर्ण रूपमा स्वचालित बनेका छन्। विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्ट बनाउने दीर्घकालीन रणनीतिसँगै १३ वटा ग्रिड सबस्टेसनमा स्वचालन प्रक्रिया सुरू गरिएको थियो, जसअन्तर्गत पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरस्थित सबस्टेसन स्वचालित प्रणालीमा आवद्ध भई सञ्चालनमा आएका छन्।

यी सबस्टेसन अब प्राधिकरणको मिनभवनस्थित भवनमा स्थापना गरिएको अत्याधुनिक नियन्त्रण कक्षबाट दूरमार्गीय रूपमा सञ्चालन गरिँदैछन्। स्वचालित व्यवस्थापनका लागि नयाँ नियन्त्रण कक्ष निर्माण गरी सञ्चालनमा ल्याइएपछि सबस्टेसनको सञ्चालन, निगरानी र नियन्त्रण पूर्वभन्दा झन् छरितो, द्रुत र विश्वसनीय भएको प्राधिकरणले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, स्यूचाटार, टेकु, मातातीर्थ, चावहिल, के–३ र लामासाँघु गरी बाँकी ६ वटा ग्रिड सबस्टेसन पनि आगामी दुई महिनाभित्र स्वचालित प्रणालीमा आवद्ध हुनेछन्। स्वचालित सबस्टेसन स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरभाइजरी कन्ट्रोल तथा डेटा एक्विजिसन (SCADA) प्रणालीमार्फत जडान हुने भएकाले प्रणाली सञ्चालन थप एकीकृत, स्थिर र प्रभावकारी बन्ने प्राधिकरणको दाबी छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार सबस्टेसन पूर्ण रूपमा स्वचालित भएपछि बारम्बार दोहोरिने विद्युत् अवरोध न्यून हुने, वास्तविक समयमा उपलब्ध हुने तथ्याङ्कका आधारमा लोड व्यवस्थापन सहज हुने, प्राविधिक क्षति घट्ने, सञ्चालन–सम्भार खर्च कम हुने र स्मार्ट ग्रिड विकासको आधार मजबुत बन्नेछ। उनका अनुसार स्वचालनपछि क्रमशः सबस्टेसन मानवरहित (Unmanned) मोडतर्फ उन्मुख हुँदै जानेछ।

यस परियोजना एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहायता प्राप्त ‘विद्युत् प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजना’ अन्तर्गत कार्यान्वयनमा आएको हो। करिब ६१ करोड रुपैयाँ लागतमा सम्पन्न गरिएको यस चरणपछि देशभर रहेका बाँकी ६४ ग्रिड सबस्टेसन स्वचालित बनाउन पनि एडीबीकै सहुलियतपूर्ण ऋणमा काम जारी रहेको प्राधिकरणले जनाएको छ। उक्त काम डेढ वर्षभित्र सम्पन्न गरी सम्पूर्ण ग्रिड सबस्टेसनलाई स्वचालित प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?