National life

विन्ध्यबासिनी हाइड्रोपावरको नाफा ३६ %ले बढ्यो, विद्युत बिक्री आम्दानीमा उत्साहजनक वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
1KShares
विन्ध्यबासिनी हाइड्रोपावरको नाफा ३६ %ले बढ्यो, विद्युत बिक्री आम्दानीमा उत्साहजनक वृद्धि
ncell

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा नाफामा उल्लेखनीय सुधार गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा ३६.३७ प्रतिशतले वृद्धि भई ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

Royal Enfield
nic asia capital
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीका अनुसार नाफा वृद्धि हुनुको मुख्य कारण विद्युत बिक्री आम्दानीमा वृद्धि हुनु र वित्तीय खर्चमा कमी आउनु हो।

असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १५ करोड ६ लाख रुपैयाँ भन्दा १०.४९ प्रतिशतले बढी हो। त्यस्तै, कम्पनीको वित्तीय खर्च ५.९५ प्रतिशतले घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

विवरणअनुसार हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १९ करोड ७ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी (EPS) ७ रुपैयाँ ७२ पैसा र प्रति सेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा रहेको उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?