National life

सानी भेरी ४४.५२ मेगावाट आयोजनाले पायो गति, ७ अर्ब २० करोडको लगानी सुनिश्चित

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ माघ २०८२, आइतबार
993Shares
सानी भेरी ४४.५२ मेगावाट आयोजनाले पायो गति, ७ अर्ब २० करोडको लगानी सुनिश्चित
ncell

काठमाडौं । सानी भेरी जलविद्युत् आयोजनासम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइएको छ। विद्युत् विकास विभागका अनुसार आयोजनाले आवश्यक अनुमति, सहमति तथा पूर्वाधार विकाससम्बन्धी कार्यहरूलाई तीव्रता दिएको छ।

विभागका अनुसार आयोजनाको प्रसारण लाइन, रुट अलाइनमेन्ट, ग्रिड कनेक्शन सम्झौता लगायतका विषयमा आवश्यक तयारी भइरहेको छ। उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि सम्बन्धित निकायसँग समन्वय कार्य निरन्तर भइरहेको उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोजनाले वातावरणीय तथा सामाजिक पक्षलाई उच्च प्राथमिकता दिँदै काम अगाडि बढाउने प्रतिबद्धता पनि जनाएको छ।

आयोजनाका प्रवद्र्धकले स्थानीय तह, सरोकारवाला निकाय तथा प्रभावित क्षेत्रका बासिन्दासँग नियमित छलफल र समन्वयलाई प्राथमिकतामा राखिएको बताएका छन्। निर्माण कार्यका क्रममा प्रचलित मापदण्ड र कानुनी प्रक्रिया पूर्णरूपमा पालना गर्दै निर्धारित समयमै आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

४४.५२ मेगावाट क्षमताको सानी भेरी जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, आयोजनाबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, आर्थिक गतिविधि बढ्ने तथा ऊर्जा आत्मनिर्भरतातर्फ मुलुकलाई अघि बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

आयोजनाले गत भदौको दोस्रो साता सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको कन्सोर्टियमबाट ७ अर्ब २० करोड रुपैयाँ बराबरको ऋण लगानी सुनिश्चित गरेको थियो। सम्झौताअनुसार कुल लगानीको ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध गराइनेछ भने बाँकी २५ प्रतिशत रकम आयोजनाका प्रवद्र्धकले व्यहोर्नेछन्।

लगानी विवरणअनुसार सिटिजन्स बैंक इन्टरनेशनलले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब रुपैयाँ तथा सनिमा बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन्। आयोजनाका प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्टले २ अर्ब ४० करोड रुपैयाँ बराबरको इक्विटी लगानी गर्नेछ।

आयोजनाबाट सुख्खा मौसममा ९८.७२७ गिगावाट–घण्टा तथा वर्षा मौसममा १८२.३८६ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यसअनुसार वार्षिक रूपमा कुल २८१.११३ गिगावाट–घण्टा विद्युत् राष्ट्रिय ग्रिडमा थपिनेछ।

nic asia capital
सानी भेरी जलविद्युत् आयोजनाले रुकुम पूर्व जिल्लाका पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाबाट बग्ने सानी भेरी नदीको पानी उपयोग गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
993SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?