National life

सिक्लेस हाईड्रोपावरको १५.७८९% लाभांश घोषणा , दुई आर्थिक वर्षको साधारण सभा एकैपटक

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
694Shares
सिक्लेस हाईड्रोपावरको १५.७८९% लाभांश घोषणा , दुई आर्थिक वर्षको साधारण सभा एकैपटक
ncell

काठमाडौं। सिक्लेस हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीबाट १५ प्रतिशत बोनस सेयर र ०।७८९ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Royal Enfield
nic asia capital

लाभांश प्रस्तावसँगै कम्पनीले २० औं र २१ औं आर्थिक वर्षका साधारण सभा एकैपटक डाक्ने निर्णय गरेको छ। साधारण सभा मंसिर २९ गते बिहान ११ बजे, पोखरास्थित आभ्या क्लबमा हुने भएको छ। सभामा प्रस्तावित लाभांश स्वीकृत गर्ने, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीका आधारमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन करने, साथै नियमनकारी निकायले मागेअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्तावहरू प्रस्तुत गरिनेछन्।

त्यसैगरी, सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकका लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, साथै सञ्चालक समिति चयन सम्बन्धी प्रस्ताव पनि सभाले निर्णय गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। त्यसैले मंसिर १७ गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?