National life

सुपर मादी हाईड्रोपावरको नाफा ६९.२५ प्रतिशतले वृद्धि, यस्ता छन् वित्तीय सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१६ माघ २०८२, शुक्रबार
541Shares
सुपर मादी हाईड्रोपावरको नाफा ६९.२५ प्रतिशतले वृद्धि, यस्ता छन् वित्तीय सूचक
ncell

काठमाडौं। सुपर मादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.२५ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २० करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १२ कोड १७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यस समिक्षा अवधिमा कम्पनीको नाफासँगै विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ६० करोड ६० रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ६७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको वित्त खर्च २८ करोड ९६ लाखबाट घटेर २४ करोड ६६ लाखमा सीमित बनेको छ । ह्रासकट्टी खर्च भने १४ करोड ५६ लाखबाट बढेर १५ करोड ७७ लाख पुगेको छ । यस्तै अघिल्लो आवमा १ करोड ५३ लाख रहेको अन्य सञ्चालन खर्च भने घटेर १ करोड १३ लाखमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.३४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११५.७६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४२.३६ रुपेयाँ र तरलता अनुपात १.२९ प्रतिशत कायम भएको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १५ करोड ४ लाखबाट बढेर ३४ करोड ७४ लाख पुगेको छ ।

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४५ करोड ७० लाख र कुल चालु दायित्व ३५ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?