काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरिरहेका छन्। गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हालसम्म १४ वटा हाईड्रोपावर कम्पनिले लाभांस घोषणा गरेका हुन् ।
लाभांस घोषणा गर्ने हाईड्रोपावर कम्पनिहरुमा सेञ्चुरी इनर्जी, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो इनर्जी, युनिभर्सल पावर कम्पनी, भगवती हाइड्रोपावर, माउन्टेन इनर्जी र नेपाल हाइड्रो डेभलपर सुपर मादी हाइड्रोपावर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, साहस ऊर्जा, मिड सोलु हाइड्रोपावर कम्पनी, सिक्लेस हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।
कुन हाईड्रोपावर कम्पनीले कति गरे लाभांस घोषणा
साहस उर्जा
साहस उर्जाले गत आर्थिक वर्षको मूनाफाबाट २१ प्रतिशत बोनश शेयर र १ दशमलव २०५३ प्रतिशत नगद लाभांश गरि कुल २२ दशमलव १०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
ङादी ग्रुप
ङादी ग्रुप पावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सुपर मादी
सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको मूनाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २६४२ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
सिङगटी हाइड्रो
सिङगटी हाइड्रोइनर्जीले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कुल ५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ ।
नेपाल हाइड्रो डेभलपर
नेपाल हाइड्रो डेभलपर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ९ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि समेत गरी ० दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । हिलटन हाइड्रो इनर्जी
हिलटन हाइड्रो
हिलटन हाइड्रो इनर्जीले गत आर्थिकब वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
यूनिभर्सल पावर
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
भगवती हाइड्रोपावर
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा १४ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
माउन्टेन इनर्जी
माउन्टेन इनर्जी नेपालले आफ्ना शेयरधनीलाई कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा कम्पनीले २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ भने १ दशमलवग ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
बरुण हाइड्रोपावर
बरुण हाइड्रोपावर ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
मिड सोलु हाइड्रोपावर
मिड सोलु हाइड्रोपावर ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सिक्लेस हाइड्रोपावर
सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
अरुण भ्याली
हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ८ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ० दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।
सेञ्चुरी इनर्जी
सेञ्चुरी इनर्जीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
































