National life

हिमस्टार उर्जाको घाटा १ करोड नाघ्यो, विद्युत बिक्री भने २२ प्रतिशतले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
877Shares
हिमस्टार उर्जाको घाटा १ करोड नाघ्यो, विद्युत बिक्री भने २२ प्रतिशतले वृद्धि
ncell

काठमाण्डौ । हिमस्टार उर्जा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड ८ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ५ हजार ७५९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

घाटा देखिए पनि कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य रूपमा बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा विद्युत बिक्रीमार्फत कम्पनीले १० करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको ८ करोड ६७ लाख रुपैयाँको तुलनामा २१.९८ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीले ५ लाख ३७ हजार रुपैयाँ अन्य आम्दानी र २७ हजार रुपैयाँ वित्तीय आम्दानीसमेत गरेको छ। ३७ करोड ३० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ६ लाख रुपैयाँ र कुल चालु दायित्व १६ करोड ८१ लाख रुपैयाँ रहेको छ।

वित्तीय सूचकांकतर्फ हेर्दा, कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक ११.६८ रुपैयाँ रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ९५.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९५.३१ रुपैयाँ र तरलता अनुपात ०.८४ कायम भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?