National life
cg eloctronics

२५ उद्योगमध्ये ११ उद्योगले बुझाए रकम, सेवा पुनः सञ्चालन (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.6kShares
२५ उद्योगमध्ये ११ उद्योगले बुझाए रकम, सेवा पुनः सञ्चालन (सूचिसहित)
muktinatha bikash bank

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने अभियान सुरु गरेपछि हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर आफ्नो विद्युत लाइन पुनः जडान गराएका छन्।

यसमध्ये रिलायन्स स्पिनिङ मिलले २ करोड ७५ लाख रुपैयाँको पहिलो किस्ता बुझाएर ठूलो योगदान गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, गत कार्तिक ४ गतेदेखि बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने कार्य सुरु गरिएको थियो। सुरुमा २५ वटा उद्योगको लाइन काटिएकोमा, अहिलेसम्म ११ उद्योगले किस्ता वा पूर्ण रकम तिरेर लाइन पुनः जोडाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

रिलायन्स स्पिनिङ मिलले आज प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो। यसअघि अन्य १० उद्योगले ३० लाख ५८ हजार रुपैयाँ बुझाइसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले किस्ता बराबरको रकम बुझाउनेबित्तिकै विद्युत लाइन पुनः जोड्ने नीति अपनाएको छ।

हालसम्म बक्यौता बुझाएर लाइन जोड्न सफल उद्योगहरू :

१. घराना फुड्स २. सिद्धार्थ पेट प्लास ३. एसआर फुड्स ४. गोएनका फुड्स ५. पञ्चकन्या इन्डस्ट्री ६. श्याम प्लास्टिक उद्योग ७. भल्बारी सुचालु कारखाना ८. पञ्चकन्या प्लास्टिक ९. एडुस रोलिङ मिल १०. एसआर स्टिल इन्डस्ट्रिज ११. रिलायन्स स्पिनिङ मिल

everest bank

यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्। यो अभियानले लामो समयदेखि बक्यौता नतिरेका उद्योगहरूलाई भुक्तानी गर्न दबाब सिर्जना गरेको र राजस्व संकलनमा उल्लेखनीय योगदान पुगेको प्राधिकरणको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?