National life

४ जलविद्युत आयोजनाका लागि ७ कम्पनी छनोट

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० वैशाख २०८३, बुधबार
1.1kShares
४ जलविद्युत आयोजनाका लागि ७ कम्पनी छनोट
ncell

काठमाडौं । विद्युत विकास विभागले बुट मोडलअन्तर्गत निर्माण गरिने चार वटा जलविद्युत आयोजनाका लागि सात वटा कम्पनीलाई सर्टलिस्ट गरेको छ। आशयपत्र आह्वानपछि प्राप्त आवेदनहरूको मूल्याङ्कनका आधारमा योग्य कम्पनीहरू छनोट गरिएको विभागले जनाएको छ।

विभागले सोलुखुम्बुको २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजना, दार्चुलाको ५३.८५ मेगावाटको अपर चमेलिया, हुम्ला–बाजुराको ३३.३ मेगावाटको कवाडी खोला–१ तथा सोही क्षेत्रकै ३० मेगावाटको कवाडी खोला जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव आह्वान गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छनोट प्रक्रियाअनुसार इन्खु खोला आयोजनाका लागि युनिभर्सल पावर कम्पनी, क्लिन इनर्जी कन्सल्टेन्ट प्रालि र पिपुल्स हाइड्रोपावरको जेभी, साथै तावा नोभा इनर्जी र बिन्धवासिनी हाइड्रोपावरको जेभी गरी तीन समूह सर्टलिस्ट भएका छन्।

त्यस्तै, अपर चमेलिया जलविद्युत आयोजनाका लागि एस्पायर पावर कम्पनी र साहस उर्जा लिमिटेडको संयुक्त समूह मात्र छनोट भएको छ।

कवाडी खोला–१ आयोजनामा हिमाली हाइड्रो फण्ड र भुजुङ्ग हाइड्रोपावरको जेभी, साथै स्ट्रिम इन्भेष्टमेन्ट, आरम्भ उर्जा र याम्बालिङ्ग हाइड्रोपावरको संयुक्त समूह सर्टलिस्टमा परेका छन्।

३० मेगावाटको अर्को कवाडी खोला आयोजनाका लागि सोल्टी इन्टरप्राइज, मयुर इनर्जी र घलेम्दी हाइड्रोपावरको जेभी मात्र छनोट भएको विभागले जनाएको छ।

छनोटमा परेका कम्पनीहरूले अब प्राविधिक र आर्थिक प्रस्ताव अलग–अलग रूपमा सिलबन्दी गरेर २०८२ असार ५ गते दिउँसो १२ बजेसम्म बुझाउनुपर्नेछ। सोही दिन १ बजे प्रस्ताव खोलिनेछ।

मूल्याङ्कन प्रक्रियामा प्राविधिक क्षमताका लागि ४५ अंक, आर्थिक क्षमताका लागि ३५ अंक र अनुभवका लागि २० अंक निर्धारण गरिएको छ। प्राविधिक मूल्याङ्कनमा न्यूनतम ६० अंक ल्याउने प्रस्तावदातामध्ये सबैभन्दा बढी upfront fee प्रस्ताव गर्ने कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिइने विभागले स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

४ जलविद्युत आयोजनाका लागि ७ कम्पनी छनोट | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस