काठमाडौँ । जलविद्युत् क्षेत्रमा सक्रिय अरुण काबेली पावर लिमिटेडले आफ्नो लगानी रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर बिक्री प्रक्रियामा लैजाने तयारी गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय पारित गर्दै इङ्गवा हाइड्रोपावरमा रहेको सेयर क्रमशः बजारमा निष्कासन गर्ने तयारी अघि बढाएको जनाएको छ।
सेयर बिक्रीसम्बन्धी प्रक्रिया पारदर्शी बनाउने उद्देश्यले विद्युत नियमन आयोगद्वारा जारी ‘विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ को दफा ११ अनुसार १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको कम्पनीले जानकारी दिएको छ।


































