National life

विद्युत् सेवामा ढिलासुस्ती र अव्यवस्थामाथि प्रश्न उठाउँदै मन्त्रीलाई खुला पत्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
897Shares
विद्युत् सेवामा ढिलासुस्ती र अव्यवस्थामाथि प्रश्न उठाउँदै मन्त्रीलाई खुला पत्र
ncell

काठमाडौं । सञ्चारकर्मी तथा मिडिया व्यवसायी दीपक बुढाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठलाई सम्बोधन गर्दै नेपाल विद्युत् प्राधिकरणको सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै खुला पत्र सार्वजनिक गरेका छन्। उनले विद्युत् जडान प्रक्रिया ढिलो, अव्यवस्थित र सेवाग्राहीमैत्री नभएको भन्दै सुधारको आवश्यकता औंल्याएका छन्।

ग्राहकका रूपमा आफ्नो अनुभव साझा गर्दै बुढाले उद्योगका लागि आवश्यक थ्री–फेज लाइन जडान गर्न लामो समय प्रयास गर्दा पनि सेवा नपाएको बताएका छन्। मिटर खरिदका लागि रकम तिरेपछि पनि पुरानो बक्यौता देखाएर जडान रोकिएको र मिटर फिर्ता लिइए पनि रकम नफिर्ता गरिएको उनको गुनासो छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेवा नपाउँदा समेत अतिरिक्त शुल्क र जरिवाना तिर्नुपरेको उनले उल्लेख गरेका छन्।

खुला पत्रमार्फत उनले बिल भुक्तानीलाई सहज बनाउन डिजिटल प्रणाली लागू गर्न, मिटर व्यवस्थापनमा स्पष्ट नीति ल्याउन र उपभोक्तालाई कानुनी रूपमा मान्य बिल उपलब्ध गराउन माग गरेका छन्। साथै, विद्युत् सेवामा पारदर्शिता, जवाफदेहिता र उपभोक्तामैत्री सुधार कहिले लागू हुन्छ भन्ने प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?