काठमाडौँ । रुरु जलविद्युत् परियोजना लिमिटेडले आफ्नो लगानी क्षेत्र विस्तार गर्ने रणनीतिअन्तर्गत अर्को जलविद्युत् कम्पनीमा पूँजी प्रवाह गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिले म्याग्दी हाइड्रोपावर लिमिटेडको जगेडा संस्थापक सेयर खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
असार २५ गते साँझ कम्पनीको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय पारित गरेको जानकारी दिइएको छ।
निर्णयअनुसार रुरु जलविद्युत् परियोजनाले म्याग्दी हाइड्रोपावर लिमिटेडका ८ लाख कित्ता जगेडा संस्थापक सेयरमा लगानी गर्नेछ।
प्रति कित्ता १०० रुपैयाँका दरले खरिद गरिने यी सेयरका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ बराबरको पूँजी परिचालन गर्ने भएको छ।




































