National life

बजेट कार्यान्वयनमा ढिलाइ नगर्न ऊर्जा मन्त्रीको निर्देशन, समयमै काम सक्न कडाइ

प्रसारण लाइन र सबस्टेशनमा जोड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
1.3kShares
बजेट कार्यान्वयनमा ढिलाइ नगर्न ऊर्जा मन्त्रीको निर्देशन, समयमै काम सक्न कडाइ
ncell

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्पष्ट कार्ययोजना बनाएर तुरुन्तै काममा जुट्न निर्देशन दिएका छन् ।

प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रम निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताए । तर, कार्यान्वयनको मुख्य जिम्मेवारी भने प्राधिकरणकै व्यवस्थापनले लिनुपर्ने उनको भनाइ थियो ।

Royal Enfield
nic asia capital

सरकारले प्रसारण लाइन, सबस्टेशनलगायतका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पर्याप्त बजेट छुट्याएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले समयमै काम सम्पन्न हुने गरी मातहतका निकायलाई परिचालन गर्नुपर्ने बताए ।

उनले प्राधिकरणका अधिकारीहरूलाई आफ्नो अनुभव र क्षमताको अधिकतम उपयोग गर्न आग्रह गर्दै समस्या मात्र होइन, समाधानका ठोस प्रस्ताव पनि व्यवस्थापन तहबाट आउनुपर्ने धारणा राखे ।

मन्त्री श्रेष्ठका अनुसार यसपटक प्राधिकरणले मागअनुसार बजेट प्राप्त गरेकोले त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार र गुणस्तरीय तथा दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्नु अब प्राधिकरणकै दायित्व हो ।

उनले सामाजिक उत्तरदायित्वसँगै प्रतिफलमुखी लगानीमा समेत ध्यान दिनुपर्ने बताउँदै आगामी वर्षका प्राथमिकता आयोजनाबारे स्पष्ट निर्णयमा पुग्नुपर्ने बताए ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले विद्युत् महसुल बक्यौता असुलीलाई नियमित कार्यसूचीका रूपमा अघि बढाउन र त्यसको निरन्तर अनुगमन गर्न सुझाव दिए । साथै, संस्थागत सुशासन सुदृढ गर्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिन र प्राथमिकताका आयोजनामा केन्द्रित हुन उपकार्यकारी निर्देशकहरूलाई आग्रह गरे ।

उनले विगतका बहसभन्दा अबको कार्यदिशामा ध्यान दिनुपर्ने उल्लेख गरे । बैठकमा उपकार्यकारी निर्देशकहरूले आफ्नो जिम्मेवारी क्षेत्रका आयोजना र कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । उनीहरूले असार १५ भित्र विस्तृत कार्ययोजना तयार गरी सञ्चालक समितिमा पेश गर्ने तयारी भइरहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?