काठमाडौँ। काठमाडौँ उपत्यका भित्रका केही स्थानमा आज देखि चार दिनसम्म निरन्तर रूपमा पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गोठाटार, मातातीर्थ, केएमसी अस्पताल, पुरानो एयरपोर्ट, कुलेश्वर, बानेश्वर लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने भएको हो।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले एक सूचना मार्फत जानकारी दिएको छ ।
गोठाटार ९जोरपाटी० फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा आज दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
बुधवार मातातीर्थ ९कुलेश्वर० फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर ९बानेश्वर० अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
यता, शुक्रवार केएससी र पुरानो एयरपोर्ट फिडर ९बानेश्वर० अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।



































