National life

बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०८ पुस २०८२, मङ्गलबार
496Shares
बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा
ncell

काठमाडौँ। बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले कम्पनीको वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त सभा पुस ३० गते काठमाडौँको शंखमूलमा रहेको अनमोल ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित हुनुका साथै कम्पनीको कुल पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा सो बापतको रकम उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, साधारण सेयरमा परिणत हुने ऋणपत्र जारी गर्ने र कम्पनीको नयाँ सञ्चालक समितिको चयन र निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?