काठमाडौँ। नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको हो ।
नेपाली बजारमा आज तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो । यस्तै, आज चाँदीको मूल्य तोलामा एकैदिन १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ पुगेको छ ।आज कायम भएको चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।






































