काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताभरमा छापावाल सुनको मूल्य प्रतितोला १८ हजार ४०० रुपैयाँले वृद्धि भएको हो।
बजेट सार्वजनिक भएको दिन छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। तर, बजेट भाषणपछिको पहिलो कारोबार दिन जेठ १७ गते सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो।
त्यसपछि जेठ १८ गते सोमबार सुनको मूल्य २०० रुपैयाँले घटेर ३ लाख १० हजार ९०० रुपैयाँ कायम भयो। जेठ १९ गते मंगलबार पुनः ४०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
जेठ २० गते सुनको मूल्य स्थिर रह्यो भने जेठ २१ गते २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा झर्यो। साताको अन्तिम कारोबार दिन जेठ २२ गते शुक्रबार सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यद्यपि साताभरको समग्र अवस्थालाई हेर्दा बजेट घोषणापछि सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।





































