National life

अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, ३ बजेबाट बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
1.1kShares
अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, ३ बजेबाट बोलकबोल
ncell

काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ७० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

राष्ट्र बैंकले आइतबार र बुधवार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज निक्षेप संकलनमार्फत २० दिनका लागि उक्त रकम झिक्न लागेको हो । बैंकले हिजो आइतबार सार्वजनिक बिदा परेकाले राष्ट्र बैंकले आज बजारबाट पैसा झिक्न लागेको हो ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी असार ८ गते हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?