National life

तरलता थुप्रिएसँगै बैंकिङ्ग प्रणालीबाट ३० अर्ब खिच्दै केन्द्रीय बैंक, आजै बोलकबोल गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
746Shares
तरलता थुप्रिएसँगै बैंकिङ्ग प्रणालीबाट ३० अर्ब खिच्दै केन्द्रीय बैंक, आजै बोलकबोल गरिने
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले आज असोज ९ गते बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको मार्फत बैंकिङ्ग प्रणालीबाट आज उक्त रकम खिच्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
746SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?