National life

बैंकिङ्ग प्रणालीमा अधिक तरलता कायमैः आज २५ अर्ब खिच्न केन्द्रिय बैंक, ३ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
583Shares
बैंकिङ्ग प्रणालीमा अधिक तरलता कायमैः आज २५ अर्ब खिच्न केन्द्रिय बैंक, ३ बजे बोलकबोल
ncell

काठमाडौँ। बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिने क्रम नरोकिएपछि केन्द्रीय बैंकले आज फागुन १६ गते पुनः बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्न लागेको छ ।

नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । सोही क्रममा अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै उक्त रकम खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

Royal Enfield
nic asia capital

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको चैत १० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?