National life

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ७० अर्ब तान्दै

निक्षेप संकलनमार्फत उक्त रकम ७९ दिनका लागि उठाउन लागेको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० असार २०८३, बुधबार
1.5kShares
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ७० अर्ब तान्दै
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता नियन्त्रण गर्न बजारबाट ७० अर्ब रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरण अन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ७९ दिनका लागि उठाउन लागेको हो।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रक्रियामार्फत सहभागिता जनाउन सक्नेछन्। आवेदन न्यूनतम १० करोड रुपैयाँदेखि सुरु हुने र ५ करोड रुपैयाँका गुणकमा दिन सकिने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। संकलित रकमको मूलधन तथा ब्याज भुक्तानी आगामी भदौ २६ गते गरिनेछ।

बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न र मौद्रिक स्थायित्व सुनिश्चित गर्न राष्ट्र बैंकले नियमित रूपमा यस्ता उपायहरू अवलम्बन गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

टिप्पणीहरू (१)

छुटाउनुभयो कि ?