National life

बजारमा अधिक तरलता, ४५ अर्ब तान्दै

निक्षेप संकलनमार्फत उक्त रकम ७५ दिनका लागि उठाउने योजना बनाएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
1.3kShares
बजारमा अधिक तरलता, ४५ अर्ब तान्दै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ४५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ७५ दिनका लागि उठाउने योजना बनाएको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सहभागिता जनाउन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँका दरले आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस प्रक्रियामा केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। संकलित रकमको मूलधन तथा ब्याज भुक्तानी आगामी भदौ २४ गते गरिने बताइएको छ।

बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न तथा मौद्रिक स्थिरता सुनिश्चित गर्न राष्ट्र बैंकले यस्ता उपकरणहरू नियमित रूपमा प्रयोग गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?