National life

वर्ल्डलिंकको सिमलेस वाईफाई सेवा रोकियो, अब प्रत्येक पटक ओटीपी अनिवार्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०२ भदौ २०८३, मङ्गलबार
989Shares
वर्ल्डलिंकको सिमलेस वाईफाई सेवा रोकियो, अब प्रत्येक पटक ओटीपी अनिवार्य
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडलाई ‘मोबिलिटी’ वाईफाई हटस्पट सुविधा बन्द गर्न निर्देशन दिएको छ। प्राधिकरणले गत शुक्रबार पत्र पठाउँदै एकपटकको पासवर्ड र लगइनमार्फत हटस्पट प्रयोग गर्न मिल्ने सुविधा रोक्न निर्देशन दिएको हो।

नियामकको निर्देशन प्राप्त भएपछि वर्ल्डलिंकले उक्त सुविधा बन्द भइसकेको जनाएको छ। अब वर्ल्डलिंकका ग्राहकले हटस्पट प्रयोग गर्दा प्रत्येक पटक छुट्टै एकपटक प्रयोग हुने पासवर्ड अर्थात् ओटीपी लिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि नेपाल टेलिकम र एनसेलले वर्ल्डलिंकको उक्त सेवाबारे पटक–पटक गुनासो गर्दै आएका थिए। उनीहरूले वर्ल्डलिंकको हटस्पट सेवा ‘सीमित मोबिलिटी’ प्रकृतिको देखिएको र विद्यमान अनुमतिभन्दा बाहिर गएर सेवा सञ्चालन गरिएको दाबी गरेका थिए। उक्त गतिविधिले आफ्नो सेवामा समेत असर परेको दुवै दूरसञ्चार कम्पनीको गुनासो थियो।

वर्ल्डलिंकले भने आफ्ना इन्टरनेट ग्राहकलाई अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गर्दै आएको बताउँदै आएको थियो। कम्पनीका ग्राहकले ‘सिमलेस’ अर्थात् निरन्तर वाईफाईमा जोडिन सक्ने सुविधा प्रयोग गर्दै आएका थिए।

यद्यपि, एकपटकको लगइनबाट निरन्तर हटस्पट प्रयोग गर्न सकिने सुविधा रोकिए पनि वाईफाई हटस्पट सेवा भने पूर्ण रूपमा बन्द नहुने बताइएको छ। सार्वजनिक क्षेत्र तथा सरकारी निकायमा जडान गरिएका वाईफाई हटस्पटलाई समेत निरन्तरता दिने प्राधिकरणको तयारी रहेको स्रोतले जनाएको छ।

अब वर्ल्डलिंकका ग्राहकले प्रत्येक पटक हटस्पटमा जोडिँदा ओटीपी प्राप्त गरी निश्चित समयका लागि वाईफाई प्रयोग गर्न सक्नेछन्। यससँगै ग्राहकले पाउँदै आएको अतिरिक्त सुविधामा परिवर्तन भएकाले उनीहरूलाई केही असहज हुन सक्ने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
989SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?