काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ।
नेपाल इन्भेष्टमेन्ट मेगाले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो।
यसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’जारी गरेको हो। यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।
बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

































