National life

यस्तो अवस्था आएको खण्डमा बन्द हुने छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
607Shares
यस्तो अवस्था आएको खण्डमा बन्द हुने छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
ncell

काठमाडौँ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी-वे विस्तारको काम धमाधम सञ्चालन भएको छ । सोही कामको निमित्त पटक-पटक गरी पूर्ण तथा आंशिक रूपमा विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था सृजना भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार रन-वे र ट्याक्सी-वे बिचको कनेक्सन जडानको काम गर्दै गर्दा विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने अवस्था बनेको जनाएका छन्।

रन-वे र  ट्याक्सी-वे जडान बिन्दु १० वटा जति रहेका छन्।

Royal Enfield
nic asia capital
एक पटकमा विमानस्थल लगातार बन्द नहुने भए पनि काम गर्दै जाँदा प्रतिकूल अवस्था सिर्जना भएको अवस्थामा पूर्ण रूपमा केही समय विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउने श्रेष्ठको भनाई छ ।

अहिले विमानस्थल २१ घण्टा सञ्चालनमा रहेको र तीन घण्टा मात्रै बन्द हुने गरेको छ। यसैले उक्त तीन घण्टाको समयमा मात्र उक्त काम गर्न नसकिने उनले बताए। श्रेष्ठका अनुसार २०२४ को नोभेम्बर तथा २०२५ को जनवरीमा पुरापुर समय लाग्न सक्ने बताएका छन् ।

लगातार लामो समय विमानस्थल बन्द हुँदैन। एउटा कनेक्सनको कामपछि मात्रै दोस्रो कनेक्सनको काम हुँदा केही समय ग्याप हुन्छु उनले भने। साथै न्यूनतम ८ देखि १० घण्टा समय लाग्ने भए पनि प्रतिकूल अवस्थामा भने लामो समय नै विमानस्थल बन्द हुनसक्ने उनको भनाई छ ।

कनेक्सन जडान हुने ठाउँमा ३ देखि ४ मिटर गहिरो खाडल खन्नुपर्ने हुन्छ तर पानी तथा कालो माटो आएको अवस्थामा केही समय लाग्ने हुँदा अन्तर्राष्ट्रिय संगठन आईकाओको मापदण्ड पूरा गरेर मात्रै विमानस्थल बन्द हुने श्रेष्ठको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?