National life

भोटेकोशी बाढी: एनसेललाई ९ करोडभन्दा बढीको क्षति, प्रभावित क्षेत्रमा निःशुल्क सेवा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ दिन अगाडि|१८ भदौ २०८३, बिहिबार
1.2kShares
भोटेकोशी बाढी: एनसेललाई ९ करोडभन्दा बढीको क्षति, प्रभावित क्षेत्रमा निःशुल्क सेवा
ncell

काठमाडौं — गत भाद्र १० गतेको विनाशकारी भोटेकोशी बाढी र पहिरोका कारण दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको छ। बाढीले रसुवाको टिमुरेमा रहेको मोबाइल टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनमा पूर्ण रूपमा क्षति पुर्‍याएको कम्पनीले जनाएको छ।

२७ मध्ये २४ टावर सञ्चालनमा, मर्मतकार्य तीब्र

विपदका कारण नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। युद्धस्तरमा गरिएको प्राविधिक प्रयासपछि हालसम्म २४ वटा साइटहरू पुनः सञ्चालनमा आइसकेका छन्।

पूर्ण रूपमा क्षति पुगेका रसुवाको घट्टेखोला र टिमुरेस्थित टावर तथा नुवाकोटको त्रिशूली, विदुर र रसुवाको तिरुमा रहेका टावरहरू सञ्चालनमा ल्याउन अहिले पनि प्राविधिक टोली फिल्डमै खटिएर काम गरिरहेको कम्पनीले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क सेवा

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत दिन एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।

बाढी आउनुअघिको सात दिनसम्म प्रभावित क्षेत्रमा सक्रिय रहेका ३ लाखभन्दा बढी ग्राहकहरू यो सेवाका लागि योग्य छन्। सुरुमा तीन दिनका लागि घोषणा गरिएको यो निःशुल्क सेवा अवधि पछि थप सात दिनका लागि बढाएर शनिबारसम्म पुर्‍याइएको थियो। आइतबारसम्ममा ग्राहकहरूले प्रयोग गरेको यस निःशुल्क सेवाको मूल्य १ करोड रुपैयाँभन्दा बढी भइसकेको छ।

बन्द रहेका सिमकार्डहरू पनि पुनः सक्रिय

सङ्कटको यो घडीमा कोही पनि सञ्चारसम्पर्कबाट विच्छेद नहोउन् भन्ने उद्देश्यले एनसेलले ब्यालेन्स अभावका कारण आउटगोइङ वा दुवैतर्फ सेवा बन्द रहेका २५ हजारभन्दा बढी ग्राहकका सिम कार्डहरू समेत पुनः सक्रिय गरिदिएको छ। यस कदमले आपतकालीन अवस्थामा उद्धार र राहतका लागि परिवार तथा आफन्तसँग सम्पर्क गर्न ठूलो सहयोग पुगेको प्रभावितहरूको भनाइ छ।

सरकारी समन्वयमा जनचेतनामूलक सन्देश

नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा एनसेलले प्रभावित क्षेत्रका प्रयोगकर्ताहरूका लागि विभिन्न जनचेतनामूलक कल टोन तथा एसएमएसहरू पनि सम्प्रेषण गर्दै आएको छ।

  • अनलाइन ठगीबाट सचेतता: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि खाता, क्यूआर कोड र लिङ्कहरू आधिकारिक हुन् वा होइनन् भन्ने राम्ररी पक्का गर्न अपिल गरिएको छ।

  • संवेदनशील सामग्री प्रयोगमा रोक: सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा विपद्का विभत्स तथा हृदयविदारक फोटो र भिडियोहरू पोस्ट नगर्न र गरिहाले पनि तुरुन्त हटाउन अनुरोध गरिएको छ।

  • यो समाचार शेयर गर्नुहोस्
    1.2kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?