National life

सिताराम गोकुल मिल्क्सद्वारा नयाँ वेबसाइट र मोबाइल एपको घोषणा

अब दुग्धजन्य उत्पादनहरू डिजिटल प्रविधिमार्फत सहजै उपलब्ध हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२४ साउन २०८३, आइतबार
1.5kShares
सिताराम गोकुल मिल्क्सद्वारा नयाँ वेबसाइट र मोबाइल एपको घोषणा
ncell

काठमाडौं ।  नेपालको अग्रणी दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेड ले आफ्ना उपभोक्ताहरूलाई थप सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट (sitaramdudh.com) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यसका साथै कम्पनीले आगामी एक साताभित्रै एन्ड्रोइड (Android) तथा आईओएस (iOS) दुवै प्लेटफर्ममा उपलब्ध हुने गरी आफ्नै मोबाइल एप पनि सार्वजनिक गर्ने घोषणा गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक (MD) सुमित केडियाको अध्यक्षतामा उक्त डिजिटल प्लेटफर्मको आधिकारिक शुभारम्भ गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने "आज सार्वजनिक गरिएको नयाँ वेबसाइट र छिट्टै आउने मोबाइल एपले हाम्रा उपभोक्ताहरूलाई घरमै बसी-बसी शुद्ध दूध, घिउ, दही, पनिर, लस्सी, बटर तथा आइसक्रिम जस्ता उत्पादनहरूको जानकारी लिन र अनलाइन अर्डर गर्न मद्दत पुर्‍याउनेछ।"

यस प्लेटफर्ममार्फत ग्राहकहरूले कम्पनीका सम्पूर्ण दुग्धजन्य उत्पादनहरू जस्तै शुद्ध दूध, घिउ, सुगर-फ्री दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर र आइसक्रिमको विस्तृत जानकारी, मूल्य र पोषण विवरण पारदर्शी रूपमा हेर्न र घरमै बसी-बसी सजिलै अनलाइन अर्डर गर्न सक्नेछन्। प्लेटफर्ममा ग्राहकहरूले सब्स्कृप्सन मोडल मार्फत पनि सामाग्रिहरू खरिद गर्न मिल्ने बनाईएको छ ।

आधुनिक प्रविधिलाई ध्यानमा राख्दै निर्माण गरिएको यस प्लेटफर्ममा ई-सेवा, खल्ती जस्ता डिजिटल वालेट मार्फत सुरक्षित भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। कम्पनीले आफ्ना गुणस्तरीय उत्पादनहरूलाई छिटो र प्रभावकारी ढङ्गले उपभोक्ताको घरदैलोसम्म पुर्‍याउने डिजिटल डेलिभरी प्रणालीलाई प्राथमिकतामा राखेको छ, जसले ग्राहकहरूलाई अझ सहज र उत्कृष्ट सेवाको अनुभव प्रदान गर्नेछ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?