National life
cg eloctronics

विराटनगर जुट मिल्स सञ्चालन गर्न निजी लगानीकर्ता खोज्दै सरकार, माग्यो आशयपत्र

बन्द विराटनगर जुट मिल्स ब्युँताउने प्रयास, निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
1.1kShares
विराटनगर जुट मिल्स सञ्चालन गर्न निजी लगानीकर्ता खोज्दै सरकार, माग्यो आशयपत्र
muktinatha bikash bank

विराटनगर । लामो समयदेखि समस्याग्रस्त अवस्थामा रहेको विराटनगर जुट मिल्सलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि व्यवस्थापनले रणनीतिक लगानीकर्ता खोज्दै आशयपत्र (ईओआई) आह्वान गरेको छ।

मिल व्यवस्थापनले सार्वजनिक सूचना जारी गर्दै जुट उद्योग सञ्चालनको अनुभव भएका आर्थिक रूपमा सक्षम स्वदेशी तथा विदेशी लगानीकर्ता र कम्पनी समूहलाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

सन् १९३६ (वि.सं. १९९३) मा स्थापना भएको विराटनगर जुट मिल्सलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा दीर्घकालीन औद्योगिक लिजमा अधिकतम ३५ वर्षसम्म सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको छ। यसका लागि रोयल्टी, संयुक्त लगानी वा निर्माण–सञ्चालन–हस्तान्तरण (बीओटी) मध्ये उपयुक्त मोडल अपनाउन सकिनेछ।

everest bank

प्रस्तावित योजनाअनुसार लगानीकर्ताले विराटनगर र दमकमा रहेका ६७ बिघा औद्योगिक जग्गा उपयोग गर्न पाउनेछन्। भारतको सीमावर्ती क्षेत्र, प्रमुख व्यापारिक नाका तथा रेल सञ्जालसँगको पहुँचलाई मिलको व्यावसायिक सम्भावनाका रूपमा प्रस्तुत गरिएको छ।

आधुनिकीकरणपछि दैनिक १२५ मेट्रिक टन वा सोभन्दा बढी जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ। पूर्ण क्षमतामा उद्योग सञ्चालन भए ५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।

सरकारले कृषिजन्य वस्तुको प्याकेजिङमा जुटका बोराको प्रयोग अनिवार्य गर्ने नीति लिएकाले आन्तरिक बजारमा समेत सम्भावना रहेको मिल व्यवस्थापनको भनाइ छ। जुटको धागो, हेसियन कपडा, बोरा, जियो–टेक्सटाइल र वातावरणमैत्री प्याकेजिङ सामग्री उत्पादन गरी विदेशी बजारमा निर्यात गर्न सकिने अवसर पनि औंल्याइएको छ।

नयाँ लगानीकर्तालाई आकर्षित गर्न मिलका विगतका ऋण, बक्यौता तथा मजदुरसम्बन्धी दायित्वबाट पूर्ण रूपमा मुक्त राख्ने व्यवस्था गरिएको छ। सरकारको सहयोगमा पुराना दायित्वलाई नयाँ सञ्चालन व्यवस्थापनबाट अलग राख्ने तयारी गरिएको सूचनामा उल्लेख छ।

लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार उपलब्ध हुने सहुलियतसमेत पाउनेछन्। यसअन्तर्गत मुनाफा तथा लाभांश विदेश लैजान पाउने सुविधा, मेसिनरी र पाटपुर्जा आयातमा भन्सार सहुलियत तथा प्रारम्भिक अवधिमा लिज भाडा र रोयल्टीमा छुट दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

मन्त्रिपरिषद्को नीतिगत समर्थनमा लगानीकर्तासँग छिटो र पारदर्शी रूपमा समझदारीपत्र (एमओयू) गर्ने लक्ष्य राखिएको छ।

आशयपत्र पेस गर्ने कम्पनी वा लगानीकर्ता समूहसँग जुट तथा जुटजन्य उद्योग सञ्चालनमा कम्तीमा २० वर्षको अनुभव हुनुपर्नेछ। साथै, दैनिक कम्तीमा १०० मेट्रिक टन उत्पादन क्षमता भएको जुट उद्योग स्थापना तथा सञ्चालन गरेको प्राविधिक अनुभव, बलियो वितरण सञ्जाल र निर्यातको प्रमाणित अनुभव अनिवार्य गरिएको छ।

इच्छुक कम्पनीले पछिल्ला तीन आर्थिक वर्षका लेखापरीक्षण प्रतिवेदन, कम्पनीको विवरण तथा उत्पादन र निर्यातसम्बन्धी प्रमाणसहित सूचना पहिलोपटक प्रकाशित भएको मितिले ३५ दिनभित्र सिलबन्दी आशयपत्र पेस गर्नुपर्नेछ।

आवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार काठमाडौं वा विराटनगर जुट मिल्स लिमिटेडको कार्यालय विराटनगर–१५, रानीमा बुझाउन सकिनेछ।

छनोटमा परेका लगानीकर्तालाई मिलको स्थलगत निरीक्षण तथा आवश्यक विवरण अध्ययन गर्न डेटा रुमको पहुँच उपलब्ध गराइनेछ। आशयपत्र प्राप्त भएको एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर गर्ने लक्ष्य राखिएको छ। प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने अन्तिम अधिकार भने मिल व्यवस्थापनमै रहनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?