National life
cg eloctronics

हिमालयन डिस्टिलरीको नाफा १५% वृद्धि, EPS ३०.७८ रुपैयाँ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१८ वैशाख २०८३, शुक्रबार
496Shares
हिमालयन डिस्टिलरीको नाफा १५% वृद्धि, EPS ३०.७८ रुपैयाँ पुग्यो
ncell

काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७३ करोड ९२ लाख रुपैयाँको तुलनामा १५.१६ प्रतिशतले बढी हो।

कम्पनीको खुद बिक्री आम्दानी पनि वृद्धि हुँदै ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो, जसअनुसार बिक्री १०.९९ प्रतिशतले बढेको देखिन्छ। तर, अन्य सञ्चालन आम्दानी भने घटेर ५ करोड ४० लाखबाट ४ करोड ४८ लाख रुपैयाँमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सञ्चालनतर्फ कम्पनीको प्रदर्शन अझ सुदृढ देखिएको छ। सञ्चालन मुनाफा बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९८ करोड ६७ लाख रुपैयाँको तुलनामा उच्च हो।

त्यस्तै, कम्पनीको रिजर्भ कोष ८८ करोड ७६ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी (EPS) पनि २६.७३ रुपैयाँबाट बढेर ३०.७८ रुपैयाँ पुगेको छ। कम्पनीको पी/ई अनुपात ३७.९५ गुणा, प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?