National life

कालीगण्डकी कोरिडोर सडक : मालढुंगा-फर्से खण्ड कालोपत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ फागुन २०८१, बुधबार
874Shares
कालीगण्डकी कोरिडोर सडक : मालढुंगा-फर्से खण्ड कालोपत्र
ncell

काठमाडौं। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडकअन्तर्गत मालढुंगा–फर्से खण्डमा कालोपत्र गर्ने काम सकिएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म कालोपत्र भएको हो ।

योजनाका सव–इञ्जीनीयर सोहनजङ कार्कीले मालढुंगा–फर्से खण्डमा पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको राससलाई जानकारी दिए । “१३ किलोमिटर दुरिको मालढुंगा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर ढलान भइसकेको छ,” उनले भने “केराबारी–मिलनचोक खण्डमा थप दुई किलोमिटर सडक दुई हप्तापछि कालोपत्र गर्ने लक्ष्यसहित संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मालढुंगा–बेनी सडकलाई ११ मिटर (दुई लेन) फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

यस खण्डको हालसम्मको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर क्षेत्रमा विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ ।

पर्वतबेनी, मिलनचोक र लस्ति बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घर, टहरा भत्काउन ढिलाइ हुँदा निर्माणको काम अघि बढ्न सकेको छैन् । विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकोमा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । सडक निर्माणलाई गति दिन जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाले दबाब दिँदै आएका छन् ।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यसै आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
874SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?