National life
cg eloctronics

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२० घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
703Shares
डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु
muktinatha bikash bank

काठमाडौं: म्याग्दीमा निर्माण गरिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा प्रवर्द्धित यो आयोजना निर्माण सुरु भएको डेढ दशकपछि सम्पन्न भएको हो।

आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार परीक्षण अवधि पूरा गरेर व्यावसायिक उत्पादन थालिएको हो। सुरुमा ३२ मेगावाट क्षमतामा निर्माण गर्ने योजना रहेको आयोजनाको काम ठेकेदारसँगको समस्या, सम्झौता रद्द, कोभिड-१९ महामारी, बाढीपहिरो तथा निर्माण सामग्रीको अभावलगायतका कारणले लम्बिएको थियो। असोज ११ गते कालीगण्डकीमा आएको बाढीले विद्युतगृह परिसरमा क्षति पुर्‍याउँदा परीक्षण अवधिमा केही ढिलाइ भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

रघुगङ्गा गाउँपालिकामा अवस्थित यस आयोजनामा छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी छन्। विद्युतगृह तिल्केनीचौरमा रहेको छ। आयोजनालाई दाना-कुश्मा २२० केभी प्रसारण लाइनमा जोड्न चारवटा टावरसहितको प्रसारण पूर्वाधार निर्माण गरिएको छ।

everest bank

आयोजना निर्माणका लागि २०६७ सालमा भारतीय कम्पनी आइभीआरसीएलसँग ठेक्का सम्झौता भएको थियो। तर कमजोर कार्यसम्पादनका कारण २०७२ सालमा ठेक्का रद्द गरी प्राधिकरणले नयाँ प्रक्रिया अघि बढाएको थियो। त्यसपछि रघुगङ्गा हाइड्रोपावर स्थापना गरी भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा निर्माण अघि बढाइएको हो।

नयाँ प्रक्रियाअन्तर्गत भारतीय कम्पनी जयप्रकाश एसोसिएट्ससँग सिभिल र भारत हेभी इलेक्ट्रिकल्स लिमिटेडसँग इलेक्ट्रोमेकानिकल कार्यका लागि सम्झौता भएको थियो। आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?