National life

निर्जीवन बीमा कम्पनीहरुको नाफा ३ अर्ब माथि ,कसको नाफा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
522Shares
निर्जीवन बीमा कम्पनीहरुको नाफा ३ अर्ब माथि ,कसको नाफा कति ?
ncell

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा हाल नेपालमा संचालित १४ कम्पनीहरुले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा ४९ प्रतिशतको मुनाफा वृद्धि गर्न सफल भएका छन्।

कम्पनीहरुले यस अवधिमा ३ अर्ब ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीहरुले गत बर्षको यस अवधिमा १ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल इन्स्योरेन्स कम्पनीले २३२.३३ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

त्यस्तै ,दोस्रोमा राष्ट्रिय बीमा कम्पनी ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, नेको इन्सुरेन्सले २२ करोड १२ लाख खुद नाफा कमाएको छ। यस अवधिमा नेशनल इन्स्योरेन्सले भने १ करोड ७ लाख रुपैयाँ गुमाएको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?