National life
cg eloctronics

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.३६.५८ अर्ब,कसको व्यवसाय कतिले भयो वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०९ वैशाख २०८३, बुधबार
2.5kShares
निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.३६.५८ अर्ब,कसको व्यवसाय कतिले भयो वृद्धि
muktinatha bikash bank

काठमाडौँ। निर्जीवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्म साढे ३६ अर्ब रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले चैत मसान्तसम्म ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।

बीमकहरुको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १३.८६ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सो अवधिसम्म आइपुग्दा सबै बीमा कम्पनीको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । तेस्रो त्रैमाससम्म सबैभन्खदा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले चैत मसान्तसम्म ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

everest bank

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०.४८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख, हिमालयन एभरेष्टले ३ अर्ब ७४ करोड ३० लाख, सिद्धार्थ प्रिमियरले ३ अर्ब १२ करोड ९ लाख, आइजीआई प्रुडेन्सियलले ३ अर्ब १० करोड ३३ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख, युनाइटेड अजोडले २ अर्ब ५६ करोड ४६ लाख, दि ओरियन्टलले २ अर्ब ४२ करोड ६८ लाख, सानिमा जिआइसीले २ अर्ब ८ करोड १९८ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड ८६ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड ८१ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड ९७ लाख र नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

गत आवको तुलनामा सबैभन्दा व्यवसाय ग्रोथ गर्नेमा भने एनलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवको तुलनामा ४१.०४ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?