काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।कम्पनीले प्रकाशित गरेको बिवरण अनुसार यो आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ०२ लाख नाफा कमाएको छ । गएको आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ९९ लाख नाफा कमाएको थियो। जुन शून्य दशमलव २४ प्रतिशतले बढी हो।
कम्पनीले यो आर्थिक वर्ष ३ महिनाको अवधिमा ४ अर्ब १९ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । कुल बीमाशुल्कमध्ये ३ अर्ब २८ करोड नवीकरण बीमाशुल्क र ९० करोड ७२ लाख प्रथम बीमाशुल्क छ । गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कुल बीमाशुल्क आर्जन ४ दशमलव २५ प्रतिशतले घटेको छ भने प्रथम बीमा शुल्क ७ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ ।
कम्पनीले पुनर्बीमा गरेर मात्रै ४ अर्ब १० करोड खुद बीमाशुल्क आर्जन गरेको छ । कुल ५ अर्ब ०१ करोड चुक्ता पुँजी रहेको नेशनलको शेयर प्रिमियममा २ करोड ७८ लाख, महाविपद जगेडामा ४८ करोड ३९ लाख, रिटेण्ड अर्निङ्मा ४९ करोड ८ लाख र अन्य जगेडा कोषमा ४५ करोड ७० लाख सञ्चिति छ । यस्तै, जीवन बीमा कोष भने ६८ अर्ब ०८ करोड पुगेको छ । जहाँ ३ दशमलव ४९ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
कम्पनीको को प्रतिशेयर आम्दानी बढेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी १० रुपैयाँ ४० पैसा र प्रति शेयर नेटवर्थ किताबी मूल्य १२९ रुपैयाँ १२ पैसा छ ।




































