National life

प्रभु महालक्ष्मीको आठौँ सभा आह्वान, यी हुन मुख्य एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
546Shares
प्रभु महालक्ष्मीको आठौँ सभा आह्वान, यी हुन मुख्य एजेण्डा
ncell

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ २६ गतेका लागि सभा बोलाएको हो । सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले यसअघि सातौँ वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गर्ने बताएको छ। प्रस्तावित बोनस सेयरबाटै नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम हुने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको प्रभु महालक्ष्मीले जानकारी गराएको छ।

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्नेछ। कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ।

बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?