National life

शिखर इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन बढ्यो ,अन्य सुचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
582Shares
शिखर इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन बढ्यो ,अन्य सुचक कस्ता ?
ncell

काठमाडौं । शिखर इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१७ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले २५ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीको लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।पुस मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसाले बढेर १८ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?