National life
cg eloctronics

सनलाइफ क्यापिटलले सम्पन्न गर्यो लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
670Shares
सनलाइफ क्यापिटलले सम्पन्न गर्यो लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम
muktinatha bikash bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को सहायक कम्पनी सनलाइफ क्यापिटल लि. ले लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

World Investor Week २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु,युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर सनलाइफ क्यापिटलले लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको हो ।

धितोपत्र बोर्डको समन्वयमा देशव्यापिरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा World Investor Week २०२४ को अवसरमा आयोजना भईरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटलले पनि कार्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यत्तित्वहरु को सहभागितामा यो कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपालि धितोपत्र बजारको पृष्ठभुमि, नेपालि धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभुत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामुहिक लगानिकोष र योजना सम्बन्धि बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धि विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तरकृया गरिएको थियो ।

साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर World Investor Week २०२४ को अवसरमा सनलाइफ क्यापिटल लि. ले यहि २०८१ कार्तिक ११ गते Everest Secondary Boarding School गल्कोपाखा,काठमाण्डौंमा धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

everest bank

उक्त कार्यक्रममा वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?