National life

सिटिजन लाइफले पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड, भारतमा भव्य सम्मान्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
423Shares
सिटिजन लाइफले पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड, भारतमा भव्य सम्मान्
ncell

काठमाडौं । जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ। अवार्डको चौथो संस्करण अन्तर्गत ‘ Best Strategies for Insurance Spreading’ (बीमाको बिस्तारका लागि उत्कृष्ट रणनीति ) विधामा सिटिजन लाइफले अवार्ड जित्न सफल भएको हो ।

भारतको मुम्बईमा बिहीबार आयोजित भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेललाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो । बीमा कम्पनीमध्येमा जीवन बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एशियाली महादेश भित्रका बीमा कम्पनीहरु मध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान् गर्दै आएको छ।

‘२०७४ भदौ ७ गते बाट नेपाल बीमा प्राधिकरणबाट अनुमती पाएर कार्तिक २ गतेदेखि सेवा सञ्चालन ल्याएको सिटिजन लाइफ इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको एक उत्कृष्ट बीमा कम्पनी हो । हाल, देश भरका १४१ शाखा, उपशाखा र ६१ हजार भन्दा बढी अभिकर्ताबाट सेवाग्राहीलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ इन्स्योरेन्स सधैँ तयार रहेको छ। आफ्ना ग्राहक वर्गको भविष्यमा आइपर्न सक्ने कुनै पनि आर्थिक जोखिमका विरुद्ध वित्तीय सुरक्षाको ग्यारेण्टी दिन सक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन सदैव अग्रसर रहेको छ।’

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?