National life

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १३ हजार बढीको आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
569Shares
हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १३ हजार बढीको आवेदन
ncell

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आइपीओमा आज साझ ५ बजेसम्ममा १३ हजार २९१ जनाले ११ लाख ६१ हजार ८१० कित्ताको लागि २३ करोड ९३ लाख ३२ हजार रुपैयाँको आवेदन परेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन भएको छ । अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोबाट कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ ।

कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारी अन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?