काठमाडौं। साविककको युनाइटेड र अजोड मर्जर भएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार विस्तारसँगै अरु सूचकमा पनि निकै राम्रो सुधार देखिएको छ । यसको खुद नाफा १ वर्षमा १०८.११ प्रतिशत बढेको छ । गत वर्षको असारसम्म कम्पनीले ३८ करोड ५२ लाख खुद नाफा कमाएको छ ।
कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा यसको नाफामा सुधार आएको हो । उक्त शीर्षकमा कम्पनीले ३३ करोड ६३ लाख आम्दानी गरेको छ । यो ५२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले २१ करोड ७० लाख आम्दानी गरेको थियो ।
कमिसनबाट हुने आम्दानी पनि आत्याधिक बढेको छ । उक्त आम्दानी २० करोडबाट बढेर ३५ करोड ६३ लाख पुगेको छ । जसकारणले कम्पनीको नाफामा वृद्धि देखिएको छ ।
गत वर्ष शेयरधनीलाई १० प्रतिशत लाभांश दिएको यस कम्पनीको हाल रिटेन्ड अर्निङमा १३ करोड १३ लाख रुपैयाँ छ । कम्पनीले उक्त रकम लाभांश दिन गर्न मिल्छ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । कम्पनीको हालको पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । त्यसैले कम्पनीले १५ प्रतिशत हकप्रद जारी गर्ने जनाएको छ ।
४ अर्ब २९ करोड ७६ लाख रुपैयाँ लगानी रहेको कम्पनीको अन्य इक्विटीमा ४६ करोड ७७ लाख रहेको छ । प्रतिशेयर आम्दानी १८.३५ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११७.७२ रुपैयाँ रहेको छ । यसको आरओई १२.७६ प्रतिशत छ । जुन तुलनात्मक हेर्दा निकै धेरै हो । आरओईले कम्पनीले प्रतिइक्विटी कति रिटन दिन सक्छ भन्ने जनाउछ ।
गत वर्षको चौथो त्रैमासको रिपोर्ट अनुसार यसको बीमा शुल्क संकलन १ अर्ब २९ करोड भन्दा धेरै छ । यो अघिल्लो वर्षको भन्दा ७२ करोड ४४ लाख हो । यसको बीमा कोषमा ३ अर्ब ३ करोड रहेको छ ।
कम्पनीको बीमा शुल्क संकलन ५ अरु निर्जीवन बीमा कम्पनीको भन्दा धेरै हो । कम्पनीको शेयर भाउअरु बीमाको भन्दा निकै कम छ । त्यसैले पनि आगामी दिनमा हकप्रद र बोनस दिने भएपछि भाउमा आक्रामक वृद्धि देखिन सक्छ । किनकि नेपाली लगानीकर्तालाई हकप्रद र बोनस शेयर धेरै रुची हुन्छ । र, बजार बुलिस रहेको बेला यस्तै कम्पनी लगानीकर्ताको आकर्षमा पर्ने गर्छन् ।
कम्पनीको बारेमा
प्राविधिक रुपमा हेर्दा
यता, एमएडी लाइले सिग्नललाई क्रश गरेर तल झरेको छ । हिस्ट्रोग्राम पनि ऋणात्मक छ । आरएसआई ४६ मा झरेको छ । यो न्युट्रल जोन हो । ३० भन्दा लत आयो भने ओभर सोल्ड जोनमा जानेछ ।
अहिले समग्र बजार नै करेक्सन फेजमा गएकाले कम्पनीको बजार भाउलाई पनि असर परेको हो । अन्यथा कम्पनीको शेयरमा निकै राम्रो वृद्धि देखिएको थियो ।





































