National life

स्रोत नखुलेको २६ लाख बढी नगदसहित २ जना  पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
588Shares
स्रोत नखुलेको २६ लाख बढी नगदसहित २ जना  पक्राउ
ncell

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका २४ इन्द्रचोकबाट मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका २ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका९१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन्।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।

Royal Enfield
nic asia capital

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?