National life
cg eloctronics

दुई गोलले पछि परेको अर्जेन्टिना शानदार कमब्याक गर्दै विश्वकपको क्वाटरफाइनलमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|२४ असार २०८३, बुधबार
1.1kShares
दुई गोलले पछि परेको अर्जेन्टिना शानदार कमब्याक गर्दै विश्वकपको क्वाटरफाइनलमा
ncell

काठमाडौं। अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा शानदार ‘कमब्याक’ जित हात पारेको छ। 

७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो। 

यसअघि १५औँ मिनेटमै यासिर इब्राहिमले इजिप्टलाई १–०को अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि चर्चित खेलाडी लियोनल मेसीप्रेरित अर्जेन्टिना जारी विश्वकपबाट बाहिरिने पक्का भएको थियो। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलसँगै अर्जेन्टिना खेलमा फर्कियो। २–१ ले पछि परिरहँदा मेसीले ८३औँ मिनेटमा खेल बराबरीमा ल्याए भने ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले अर्जेन्टिनाको जित सुनिश्चित गरे। 

योसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो खेलमा मेसीले पेनाल्टीमा गोल भने गर्न सकेका थिएनन्। ९० मिनेटपछि थप ७ मिनेट अतिरिक्त दिइएको थियो। 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?