National life
cg eloctronics

सरकारी जग्गा सट्टापट्टा प्रकरण: कहिले सुरु भयो, के–के हुँदै गयो ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१७ कात्तिक २०८३, मङ्गलबार
1.7kShares
सरकारी जग्गा सट्टापट्टा प्रकरण: कहिले सुरु भयो, के–के हुँदै गयो ?
muktinatha bikash bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मोरङको विराटनगरस्थित रिजाल क्यानिङ कम्पनीलाई फलफूल उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा दिइएको सरकारी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी निजी बनाएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले यस प्रकरणमा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरेको छ। मुद्दा दायर गरिएकामा पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल, पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे, पूर्वभूमिसुधार सचिव छविराज पन्तसहित सरकारी अधिकारी र कम्पनीका सञ्चालकहरू छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

अख्तियारका अनुसार उद्योग सञ्चालनका लागि छुट दिइएको जग्गा तोकिएको प्रयोजनमा प्रयोग नगरी सट्टापट्टा तथा बिक्री गरिएको थियो। सोही प्रक्रियामा संलग्न पदाधिकारी र अन्य व्यक्तिले सरकारी सम्पत्तिमा हानि पुर्‍याएको आयोगको दाबी छ।

पूरा घटनाक्रम : कुन मितिमा के भयो ?

- २०२२/०२/०५ गते उद्योग विभागको प्रा.लि. नं. २३४/०२२मा संस्थापक सदस्य नगेन्द्रप्रसाद रिजालसमेतको नाममा रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि. दर्ता भएको ।

everest bank

- २०३२/०२/१९ गते नगेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री भएको समयमा रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.लाई फलफूल उद्योगको काममा रहेसम्मको लागि सुनसरी र मोरङ जिल्लामा ५९-९-१२ विगाहा जग्गासम्म राख पाउने गरी सर्त सहित हदबन्दी छुट दिएको ।

- २०४१/०४/०४ गते रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले सर्त विपरित हुने गरी हदवन्दी छुट पाएको जग्गामध्ये मालपोत कार्यालय, सुनसरीको र.नं. ७६. २०४१/०४/०४ गतेको छोडपत्रबाट जिल्ला सुनसरीको जम्मा क्षेत्रफल १०-१७-१० विगाहा जग्गा रिजाल टाशी इण्डष्ट्रिज प्रा.लि.को नाममा पारित गरेको ।

- २०४८/०८/२३ गते हदबन्दीमा छुट पाएका निजी क्षेत्रका उद्योगहरुले छुट पाउँदा तोकिएको सर्त अनुसार जग्गा प्रयोग गरे नगरेको सम्बन्धमा छानविन गर्न हदबन्दीसम्बन्धी उच्चस्तरीय छानविन स गठन गरेकोमा २०४८/१२/२३ गते रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले हदबन्दीमा छुट पाएका सुनसरी र मोरङ जिल्लाहरुमा रहेको जम्मा विगाहा ५५-२-७ जग्गा सर्त अनुसारको काममा प्रयोग भएको नदेखिएकोले त्यस कम्पनीको नाउको मोरङ र सुनसरीमा रहेको उक्त विगाहा ५५-२-७ जफत गर्ने श्री ५ को सरकारको निर्णय भएको ।

- २०४९/०१/१६ गते भूमिसुधार कार्यालय, मोरङबाट रिजाल क्यानिङ एण्ड कम्पनी विराटनगरको नाममा रहेको विराटनगर नगरपालिका अन्तर्गतको सम्पूर्ण जग्गा रोका राख मालपोत कार्यालय, मोरङलाई पत्राचार गरेकोमा सोही बमोजिम रोक्का समेत राखिएको ।

- २०५४/०२/२७ गते सर्वोच्च अदालतवाट 'हदबन्दी छुटको सुबिधा सर्त रहित भने देखिँदैन/ तोकिएको सर्त अनुसारको काममा नलगाए‌को अवस्थामा त्वत्तो छुट सुविधा श्री ५ को सरकारले फिर्ता लिन सक्ने देखिन्छा भनी अधिकार क्षेत्रको अभावमा तथा प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकुल निवेदकको जग्गा जफत गर्ने भन्ने श्री ५ को सरकारको २०४८/१२/२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम गर्नु भनि आदेश भएको देखिन्छ ।

- २०६१/१२/०९ र २०६२/०८/१२ गते जिल्ला प्रहरी कार्यालय, मोरङले विराटनगर उपमहानगरपालिका वडा नं. ३ स्थित शंकरपुरमा रिजाल क्यानिङको ४-५-१४ विगाहा जग्गा सर्त बमोजिम प्रयोग नगरेकोले हदबन्दीमा परि जफत भएको भन्ने बुझिन आएकोले आवश्यक कारवाही तथा प्रकृया पुरा गरी यस कार्यालयलाई उपलब्ध गराई दिन सहयोगार्थ भूमिसुधार कार्यालय, मोरङलाई पत्राचार गरेको ।

- २०६३/०५/१२ गते भूमिसुधार कार्यालय, मोरङका भूमिसुधार अधिकारी उमानाथ पाण्डेले सर्वोच्च अदालतबाट २०५४/०२/२७ गते भएको आदेश बमोजिम रित पुऱ्याई भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम गर्नेपर्नेमा बदनियत राखी सर्वोच्च अदालतको उक्त फैसलालाई अपव्याख्या गरी जाहेरी दर्खास्तसँग सहमत हुनसक्ने अवस्था नरहेकोले प्रस्तुत जग्गा जफत गरी पाउँ भन्ने जाहेरी दरखास्त तामेलीमा राखे र यस कार्यालयको च.नं. २३६१ २०४९/१/१६ मा रोक्का रहेको सो जग्गा फुकुवा गरी दिने भनी निर्णय गरेको/ सोही निर्णय बमोजिम उक्त जग्गाहरु फुकुवा समेत भएको ।

- हदबन्दी छुट पाएको जग्गा सट्टापट्टा बिक्री गर्न सम्बन्धीत निकायबाट सहमति प्राप्त हुनु अगाबै २०६६/०३/२५ गते रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि. को संचालक सको बैठकबाट कम्पनीको नाममा विराटनगर बडा नं. ३ कि.नं. ४८ की ३-३-१-१ र ऐ. कि.नं. ७१ को १-२-८-० जग्गा बिक्री गरी बनिगामा गा.वि.स.को खरिद गर्न जनकप्रसाद रिजाल अनिवार्य र बद्रिप्रसाद रिजाल-१. उत्पल रिजाल-१, पशुपति रिजाल-१ मध्ये कुनै एकजना गरी जम्मा २ जनालाई उक्त जग्गा बिक्री बितरण गर्नको लागि अख्तियारनामा दिने निर्णय भएको ।

- २०६६/०५/०७ गते रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले विराटनगर उपमहानगरपालिका, बडा सको कार्यालय, बडा नं. ३ को २०६६/०५/०४, गाउँ विकास सको कार्यालय, वनिगामा, मोरइको मित्ति २०६६/०५/०५ र जिल्ला कृषि विकास कार्यालय, मोरङ, विराटनगरको २०६६/०५/०७ गतेको गलत सिफारिस पत्रहरुसमेत संलग्न गरी विराटनगर उपमहानगरपालिका वडा नं. ३ स्थित कि.नं. ४८ ज.वि. ३-३-१-१ र कि.नं. ७१ को ज.वि. १-२-८-० गरि जम्मा क्षेत्रफल ४-५-९-१ को जग्गा जिल्ला मोरङ, बनिगामामा गा.बि.स. वडा नं. ३ को जग्गासँग सट्टापट्टा गर्न भूमिसुधार तथा व्यवस्थापन विभाग, काठमाडौँलाई सिफारिस पाउँ भनी भूमिसुधार कार्यालय मोरङमा निवेदन पेस गरेको ।

- २०६६/०५/११ गते भूमिसुधार कार्यालय मोरङले रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.को निवेदन अनुसार उक्त कम्पनीले हदबन्दी छुट पाएको जग्गाहरु सर्त बमोजिम उपयोग नगरेको अवस्थामा समेत सट्टापट्टा बिक्री गर्ने गराउने बदनियत राखी कारवाहीको लागि भूमिसुधार तथा व्यवस्थापन विभागमा फायल पठाएको ।

- २०६६/०५/३० गते भूमिसुधार तथा व्यवस्थापन विभागवाट रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले हदबन्दी छुट पाएको जग्गाहरु सर्त बमोजिम उपयोग नगरेको अवस्थामा समेत बदनियत राखी सट्टापट्टाको कारबाहीको लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा पठाउने भनी निर्णय भएको ।

- २०६६/०६/०१ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट कार्यनीति, २०६२ को दफा १(७) अनुसारको समा राखे गरी निर्णय भएको ।

- २०६६/०६/०७ गते भूमिसुधार कार्यालय, मोरङका शाखा अधिकृत रमेश कुमार ओझासमेतले रिजाल क्यानिङ कम्पनी प्रा.लि.का नाममा रहेको विराटनगर ३ स्थित कि.नं. कि.नं. ४८ को ३-३-१-१ र कि.नं. ७१ को जग्गा विगाहा १-२-८-० समेत जम्मा क्षेत्रफल बिगाहा ४-५-९-१ जग्गामा आँपका पुराना रुखहरु अन्दाजी ६५ थान र केही वर, पिपल, सिमल, निम, खस्रो, नरिवलका गाछी पाइएको, गाछीको विचमा कर्कलो बारी, विभिन्न जातका झार, पात तथा जग्गा घेरा बार नभई खुल्ला रुपमा रहेको भन्नेसमेत व्यहोरा खुलाई प्रतिवेदन पेस गरेको ।

- २०६६/०६/०७ गते कार्यनीति, २०६२ बमोजिमको सले रिजाल क्यानिङ कम्पनी प्रा.लि.का तर्फबाट लिईएका आधारबाट कुनै काबु बाहिरको परिस्थिति सिर्जना भई संचालन भईसकेको उद्योग बन्द हुने अवस्था नदेखिएको र दिइएको कारणवाट मात्र उक्त जग्गा सट्टापट्टा गर्नु पर्ने अवस्था हाललाई नदेखिएको हुँदा पर्याप्त आधार र अवस्था आएका बखत सो सम्बन्धी निर्णय लिइनु मनासिव हुने भनी निर्णय भएको ।

- २०६६/०६/२६ गते रिजाल क्यानिङ एण्ड कम्पनीले बदनियतपूर्ण तयार गरिएको बडा सबाट गरिएको सर्जमिन मुचुल्का, विराटनगर उपमहानगरपालिकाको सिफारिस पत्र, क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको सिफारिस, जिल्ला कृषि विकास कार्यालयको सिफारिस, शंकरपुर प्राथमिक विद्यालय, बुढानिलकण्ठ माध्यामिक अङग्रेजी विद्यालय र जनता नमुना उच्च माध्यामिक विद्यालयहरुको निवेदनसमेतका गलत सिफारिस, प्रतिवेदन लगायतका कागजातहरु राखी कावुभन्दा बाहिरको परिस्थिति हुन गएकोले सट्टापट्टा गर्न अनुमति पाउँ भनि भूमिसुधार कार्यालय, मोरङमा निवेदन पेस गरेको ।

- रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले हदबन्दी छुट पाएको जग्गा सर्त बमोजिम प्रयोग नगरेको जान्दाजान्दै सट्टापट्टा गर्न अनुमति दिन मनासिव हुने राय सहित सक्कलै मिसिल २०६६/०६/२६ गते भूमिसुधार कार्यालय, मोरङले भूमिसुधार तथा व्यवस्थापन विभागमा र २०६६/०६/२७ गते भूमिसुधार तथा व्यवस्थापन विभागबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा पठाएको ।

- २०६६/०६/२८ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले हदवन्दी छुट पाएको जग्गा सर्त बमोजिम प्रयोग नगरेको जान्दाजान्दै काबु बाहिरको स्थिति आएको भनी गलत व्याख्या गरी जग्गा सट्टापट्टा गर्ने गराउने उद्देश्यले कार्यनीति, २०६२ को दफा १(७) बमोजिमको सको बैठकमा पेस गर्ने निर्णय भएको ।

- २०६६/०६/२८ गते रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले हदबन्दी छुट पाएको जग्गा सर्त बमोजिम प्रयोग नगरेको जान्दाजान्दै कार्यनीति, २०६२ को दफा ११७) बमोजिमको सबाट हाल उद्योगको नाममा रहेको विराटनगरको जग्गाबाट कम्पनीको उद्देश्य अनुसार फलफूल खेती गर्न उपयुक्त छ छैन भन्ने विषयमा कृषि तथा सहकारी मन्त्रालयबाट एकिन गराई उक्त मन्त्रालयबाट प्राप्त हुने राय अनुसार कारवाही अगाडी बढाउनका निमित्त भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको ।

- २०६६/०७/१० गते वरिष्ठ फलफूल विकास अधिकृत द्रोणराज काफ्लेसमेतको टोलीले बदनियत राखी रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले सर्त बमोजिम प्रयोग नगरी बेबारिसे छोडेको विराटनगर उपमहानगरपालिकाको जग्गामा नयाँ बगैचा लगाउन उपयुक्त नहुने भन्नेसमेत व्यहोराको गलत राय सहितको प्रतिबेदन पेस भएको ।

- २०६६/०७/१३ गते रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले हदबन्दी छुट पाएको जग्गा सर्तबमोजिम प्रयोग नगरेको जान्दाजान्दै भूमिसुधार तथा व्यवस्था मन्त्रालयवाट बदनियत राखी जग्गा सट्टापट्टा गर्न सहमति दिन स्वीकृतिका लागि मन्त्रिपरिष‌द्मा प्रस्ताव पेस गर्ने निर्णय भई २०६६/०७/१५ गते जिल्ला मोरङ मनिगामा गा.वि.स. बडा नं. ३ कम्पनीको लागि उपयुक्त क्षेत्रफल विगाहा ४-५-९-१ जग्गा ६ महिना भित्र रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.को नाममा खरिद गर्न र सो जग्गा खरिद गरी सकेपछि रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.का नाममा दर्ता रहेको विराटनगर उप महानगरपालिका वडा नं. ३ को कि.नं. ४८ को क्षेवफल विगाहा ३-३-१-१ र ऐ. कि.नं. ७१ को क्षेत्रफल विगाहा १-२ ८-० समेत जम्मा विगाहा ४-५-९-१ जग्गा विकी गरी सट्टापट्टा गर्न स्वीकृति दिने भनी मन्त्रिपरिष‌द्मा प्रस्ताव पेस गरेको ।

- रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले हदबन्दी छुट पाएको जग्गाहरु सर्त बमोजिम उपयोग नगरेको प्रस्ताव लगायतका कागजातहरुवाट देखिदा समेत बदनियत राखी तत्कालीन मूख्य सचिव र प्रधानमन्त्रीले उक्त प्रस्ताव २०६६/०८/१६ गते मन्त्रिपरिषद्‌को बैठकमा पेस गरी स्वार्थको द्वन्द हुने जानकारी हुँदाहुदै उक्त कम्पनीका सञ्चालकहरुका आफन्त पर्ने डा. मिनेन्द्र प्रसाद रिजाल संयोजक रहेको सामाजिक सबाट निर्णय गर्न अधिकार हुने गरी मन्त्रिपरिषद्, सामाजिक समा छलफल गरी सको निर्णय बमोजिम गर्ने भनी निर्णय गरे गराएको ।

- २०६६/०९/०६ गते मन्त्रिपरिषद्, सामाजिक सवाट कार्यनीति, २०६२ मा व्यवस्था भएको सको निर्णयसहितको सिफारिश पेस भएमा अर्को बैठकमा छलफल गर्ने भनी निर्णय भएको ।

- २०६६/०९/०७ गते कार्यनीति, २०६२ बमोजिमको सवाट रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.ले हदबन्दी छुट पाएको जग्गाहरु सर्त बमोजिम उपयोग नगरेको जान्दाजान्दै कम्पनीको नाममा रहेको जग्गा बिक्री गरी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिनका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌द्मा सिफारिस गर्ने भनी निर्णय भएको ।

- २०६६/०९/१६ गते मन्त्रिपरिषद्, सामाजिक सको संयोजक डा. मिनेन्द्र प्रसाद रिजालले स्वार्थको द्वन्द हुने जानकारी हुँदाहुँदै बदनियत राखी प्रतिवादीहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानीनोक्सानी गर्ने गराउने गरी भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट प्रस्तुत प्रस्ताव प्रस्तावमा लेखिएबमोजिम गर्ने भनी निर्णय गरी गराई सोही निर्णयमा एकै समसामायिक विषयको सम्बन्धमा उक्त उद्योग प्रतिष्ठानहरूलाई अधिकतम हदबन्दीभन्दा वढी जग्गा राख छुट दिने सम्बन्धी कार्यनीति, २०६२ लाई निलम्बन गर्ने निर्णय गरेको ।

- २०६६/१०/२० गते रिजाल क्यानिङ एण्ड कम्पनीले जिल्ला मोरङ, साविक बनियामा गा.वि.स. वडा नं. ३क को ४-५-९ विगाहा जग्गा रु.१२,८५,०००/- खरिद गरेको/ २०६६/१०/२६ गते उक्त कम्पनीको नाममा रहेको जिल्ता मोरङ, साविक विराटनगर उपमहानगरपालिका वडा नं. ३ कि.नं. ४८ र ७१ का जम्मा क्षेत्रफल ४-५-९-१ विगाहा जग्गा रु.८.३८.६२,५००/ मा बिक्री गरी हाल सरकारी न्यूनतम मूल्यांकन बमोजिमको रु. ७३,४९,५६,०००/-सरकारी सम्पत्ति हानी नोक्सानी गरे गराएको।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?