National life
cg eloctronics

एशियन लाइफले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
696Shares
एशियन लाइफले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने
muktinatha bikash bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

बम्पनीले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्न संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न लागेको बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ। यसलाई परिमार्जन गरी अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको बताएको छ ।

शेयर स्वामित्व परिमार्जनसम्बन्धी विशेष प्रस्ताव कम्पनीको १४औँ वार्षिक साधारणसभा मार्फत पारित भइसकेको जनाएको छ । साथै, नेपाल बीमा प्राधिकरणले पनि स्वीकृति दिइसकेको छ । संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न ईच्छुक नभएका शेयरधनीहरुलाई कम्पनीले ७ दिन भित्र लिखित जानकारी गराउन आग्रह गरेको छ।

everest bank

कम्पनीले तोकिएको अवधिभित्र शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?