National life

नेशनल लाइफको चेयरपर्सन क्लब सम्पन्न, ३५० बढी अभिकर्ताहरु सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
451Shares
नेशनल लाइफको चेयरपर्सन क्लब सम्पन्न, ३५० बढी अभिकर्ताहरु सम्मानित
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि तीन दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम गरेको छ। असोज ६ गतेदेखि सुरु भएको कार्यक्रम काठमाडौंको होटल हायातमा आज भव्यताका साथ सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७९/ ८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ३५० जनाभन्दा बढी अभिकर्तालाई कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै बार हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले मोटिभेशनल तालिम दिएका थिए भने र बीमा प्राधिकरणका हृदयश्वर पण्डितले सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रमममा बीमा पोलिसी बिक्री कलाबारे प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण गरिएको थियो। विभिन्न विधामा सवोत्कृष्ठ घोषित अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सञ्जाल बिजनेस बाट प्रथम द्वितीय र तृतीय क्रमशः टिका खरेल गंगा शर्मा र शंकर लामिछाने सम्मानित भएको छ ।

त्यस्तै, अन्य विधाहरुमा उत्कृत्ष्ट अभिकर्ताहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

समारोहमा सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउँदै कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता प्रकट गरिन्।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग–अलग प्रथम, द्धितीय, तृतीय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग उत्कृष्ट सातजना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो।

उक्त कार्यक्रममा भाग लिन देशैभरिबाट छानिएका करिब ३५० जना उत्कृष्ट एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरु र उच्च व्यवस्थापकहरु सहभागी रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?