National life

एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयर हेल्थमा आकर्षक छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
502Shares
एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयर हेल्थमा आकर्षक छुट
ncell

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडका ग्राहकले काठमाडौंको नयाँबानेश्वरस्थित एएसजी आई केयर हेल्थ सर्भिसेज प्रालिमा विशेष छुट पाउने भएका छन्।

छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन्। यो सम्झौता लागू भएसंगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका परिवारिक सदस्यले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोसिड्युर्स, माइनर इन्भेस्टिगेसन ९कर्मचारीलाई मात्र० र अप्टिकल्समा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

यसका साथै पहिलोपटक रजिष्ट्रेसन तथा ओपीडी शुल्क नलाग्ने र एकपटकका लागि १५ दिनभित्रको फलोअपसमेत निःशुल्क हुनेछ।

Royal Enfield
nic asia capital

सम्झौता हस्ताक्षर समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक सञ्जीवकुमार ठाकुरको समेत उपस्थिति थियो।

स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक छन् तथा देशैभरि छरिएर रहेका आफ्ना १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?